२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती नदीको दुवै किनारमा तीन किलोमिटर सडक



अ+ अ-

काठमाडौं । काठमाडौं–निजगढ दु्रतमार्ग (फास्ट ट्रर्‍याक)अन्तर्गत करिब तीन किलोमिटर सडकखण्ड बागमती नदीको दुवै किनारमा बन्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

फास्ट ट्रर्‍याकका लागि आवश्यक २५ मिटर चौडा सडक खन्न ठुल्ठूला पहाड फोर्नुपर्ने भएकाले दुवैतर्फको करिडोरमा सडक बनाइने भएको हो ।

नेपाली सेनाका अनुसार एउटा लेन मकवानपुरको काप्राङ हुँदै छालाटार र अर्को ललितपुरको घुसेल हुँदै छालाटारको २५ मिटर चौडा सडकमै पुगेर जोडिनेछ ।

मकवानपुरको काप्राङ र ललितपुरको घुसेलदेखि छालाटारसम्मको लम्बाइ करिब तीन किमि छ ।