१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारले नै पाठकमाथि छानबिन गर्ने



अ+ अ-

काठमाडौं । घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि अख्तियारले नै छानबिन गर्ने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सोमबार पाठकमाथि छानबिन गर्न सकिने राय दिएपछि अख्तियारलाई सहज भएको हो । यसअघि अख्तियार अलमलमा थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘छानबिन गर्न मिल्ने राय पाएपछि अब हामी विस्तृत अनुसन्धानमा जान्छौँ,’ अख्तियारका एक अधिकारीले भने । केही दिनभित्रै यससम्बन्धी निर्णय हुने उनले बताए ।

नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै पाठकले सञ्चालकसँग घुस लिएका थिए । त्यसको भिडियो नै सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए ।

घुसको प्रमाण जुटाउन भने अख्तियारलाई कठिन देखिन्छ । घुस दिने पक्षले उजुरी दिए सहज हुने आयोगका एक अधिकारीले बताए ।

अहिलेसम्म उजुरीकर्ताले अख्तियारलाई जानकारी दिएको छैन । जसकारण घुस दिने पक्ष पनि सजायको भागीदार हुन सक्छ । कसुर ठहर भए पाठकलाई ११ वर्ष कैद र ७८ लाखबराबरको सम्पत्तिसमेत जफत हुन्छ ।

भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ३ मा ५० लाखदेखि एक करोडसम्म घुस लिनेलाई ६ वर्षदेखि आठ वर्षसम्म कैद सजायको प्रावधान छ । संवैधानिक अंगका पदाधिकारीलाई थप तीन वर्ष कैद सजायको व्यवस्था छ । कसुर पुष्टि भए पाठकलाई ११ वर्षसम्म कैद हुन सक्छ ।