१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभी लोटरीले अमेरिका पुग्ने सपानालाई नक्कली प्रमाणपत्रले रोक्यो



अ+ अ-

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र देखाएर अमेरिका जान लागेको एक जना पक्राउपरेका छन् । डिभी लोटरी परेपछि अमेरिका जाने प्रक्रिया पुरा गर्न महाराजगन्जस्थित अमेरिकी दूतावासमा पुगेका एक जना युवकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ विकास चोकका २६ वर्षीय निखिल पराजुली रहेका छन् । उनले प्लस टु को नक्कली प्रमाणपत्र दूतावासमा पेश गरेका थिए ।

दूतावासको जानकारीका आधारमा पराजुलीलाई महाशाखाको टोलीले मंगलबार महाराजगन्ज क्षेत्रबाटै पक्राउ गरी हिरासातमा लिएको हो । थप कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसरमा बुझाइएको महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।