८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल नजिक ड्रोन उडाउन निषेध



अ+ अ-

लन्डन । बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ ।

अघिल्लो महिला बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमानस्थल नजिक ड्रोन उडाइएपछि हवाई सेवा नराम्रोसँग प्रभावित भएको थियो ।

“ड्रोनको दुरुपयोगबाट बेलायती हवाई मैदानलाई सुरक्षित गर्न ड्रोन निषेध क्षेत्रलाई बढाउनु परेको हो, र यो नियम मार्च १३ बाट लागू हुनेछ,” यातायात मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले विद्युतीय सामग्री बेचबिखन गर्ने जेसोप्सलाई ड्रोन बिक्रीका बारेमा जनचेतनामूलक कार्य गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले कुत्सित मनसाय राखी ड्रोनको प्रयोग गर्ने विरुद्ध कारबाही र पक्राउ गर्न प्रहरीलाई अख्तियारी दिनेगरी कानुन निर्माण गर्न लागेको बताएको छ । साथै, प्रहरीले ड्रोनबाट सङ्कलन गर्ने विद्युतीय विवरणहरु नियन्त्रणमा लिन पाउने उक्त विधेयकमा व्यवस्था गरिएको छ ।

गत क्रिसमसका अवसरमा ग्याटविक विमानस्थलमा ड्रोनहरु देखिएपछि हजारौं यात्रु तीन दिनसम्म अलपत्र परेका थिए । गत महिना पनि हिथ्रो विमानस्थलबाट उड्ने विमानहरु एक घण्टाका लागि अबरुद्ध भएका थिए ।