१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल नजिक ड्रोन उडाउन निषेध



अ+ अ-

लन्डन । बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ ।

अघिल्लो महिला बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमानस्थल नजिक ड्रोन उडाइएपछि हवाई सेवा नराम्रोसँग प्रभावित भएको थियो ।

“ड्रोनको दुरुपयोगबाट बेलायती हवाई मैदानलाई सुरक्षित गर्न ड्रोन निषेध क्षेत्रलाई बढाउनु परेको हो, र यो नियम मार्च १३ बाट लागू हुनेछ,” यातायात मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले विद्युतीय सामग्री बेचबिखन गर्ने जेसोप्सलाई ड्रोन बिक्रीका बारेमा जनचेतनामूलक कार्य गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले कुत्सित मनसाय राखी ड्रोनको प्रयोग गर्ने विरुद्ध कारबाही र पक्राउ गर्न प्रहरीलाई अख्तियारी दिनेगरी कानुन निर्माण गर्न लागेको बताएको छ । साथै, प्रहरीले ड्रोनबाट सङ्कलन गर्ने विद्युतीय विवरणहरु नियन्त्रणमा लिन पाउने उक्त विधेयकमा व्यवस्था गरिएको छ ।

गत क्रिसमसका अवसरमा ग्याटविक विमानस्थलमा ड्रोनहरु देखिएपछि हजारौं यात्रु तीन दिनसम्म अलपत्र परेका थिए । गत महिना पनि हिथ्रो विमानस्थलबाट उड्ने विमानहरु एक घण्टाका लागि अबरुद्ध भएका थिए ।