९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

प्रजिअ र प्रहरी उपरिक्षकको दुर्घटना रहस्यमय बन्दै, चालक कुर्मीले नियोजित रुपमा दुर्घटना गराएको हो : परिवार

प्रजिअ र प्रहरी उपरिक्षकको दुर्घटना रहस्यमय बन्दै, चालक कुर्मीले नियोजित रुपमा दुर्घटना गराएको हो :  परिवार
अ अ+ अ-

काठमाडौँ । बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् ।


प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिदै छानविनको माग गरेका हुन् ।

माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिक उक्त सवारी दुर्घटना भएको थियो । प्रजिअ भट्टराईका भाई नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको शंका र आशंका गर्ने ठाउँ प्रसस्त देखिएकाले छानबिनको माग गर्नु परेको बताएका छन् ।

‘उक्त घटनाको प्रकृति हेर्दा नियोजित रुपमा घटाईएको देखिन्छ त्यसमाथी एउटा सामान्य चालकलाई जोगाउनका लागि बहालवाला सचिव देखी पुर्वसचिवसम्मका, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुले लागे पछि हामी झन आश्चर्य चकित हुन पुगेका छौं,’ भट्टराईले पत्रकार सम्मेलन भने, ‘घटना प्रति गम्भिरता र जिम्मेवारीपुर्ण तरिकाले अनुसन्धान नगर्नु र एउटा चालकको पछि मुलुकका पावरफूल व्यक्तिहरु नै लाग्नुले घटनालाई झन रहस्यमय बनाएको हो ।’ उनका अनुसार घटना घटेको तीन साता पुगिसक्दा पनि सामान्य केरकार बाहेक प्रहरीले अन्य अनुसन्धान गरेको देखिएको छैन ।

उक्त घटनामा परी प्रहरी उपरिक्षक पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने प्रजिअ भट्टराई हाल शिक्षण अस्पताल, महाराजगञ्जमा कोमामा उपचाररत छन् । प्रजिअ भट्टराई अझै अचेत अवस्थामा छन, उनको अझै होस खुलेको छैन । मृतक पोखरेलका परिवारले बारामा र भट्टराईका परिवारले महानगरिय प्रहरी वृत, महाराजगञ्जमा किटानी जाहेरी दिएकाछन् ।

‘चालक राउतले तिव्र गतिमा (प्रति घन्टा सय किमि भन्दा माथी) को गतिमा सवारी चलाउनु र रोकिराखेको ट्रयाक्टरको ट्रेलरमा नियोजित रुपमा ठोकाएको आशंका छ,’ छ, ‘घटना घटे लगत्तै चालक कुर्मीले प्रहरीलगायत सवन्धित निकायलाई कुनै जानकारी नदिएकाले पनि थप शंका उत्पन्न भएको छ, जबकी चालक कुर्मी दुर्घटनामा सामान्य घाइते भएका थिए ।’ भाई नरेशका अनुसार उक्त गाडीमा रहेका अंगरक्षकले सो दुर्घटना पछि चालक कुर्मीले अपत्यारिलो र असहज व्यवहार गरेको जानकारी दिएका छन् ।

बारा बरमपुरीका स्थायी बासिन्दा चालक कुर्मी बिगत २३ बर्ष देखी निरन्तर बारा प्रजिअको सवारी चालकको रुपमा कार्यरत रहँदै आएका थिए । बाराको बरमपुरी गाउँदेखी कलैया, बिरगञ्जमा मात्रै होइन, उनै चालक कुर्मीले काठमाडौंको अनामनगरमा करोडौंको महलसमेत रहेको छ । ‘आफुलाई स्थायी सिडियो बताउँदै हिड्ने कुर्मीले बिचौलिया भएर गैरकानुनी काम गर्ने गरेको उनी निकट व्यक्तिहरुले हामीलाई भनिरहेका छन्’ । चालक कुर्मीले पैशा र उच्चपदस्थ ब्यक्तिको आडमा छानबिनलाई प्रभावित बनाउन खोजेको भट्टराई परिवारको आरोप छ ।

‘एउटा सामान्य चालकले यस्तो घटना गर्ला भनेर सामान्य मान्छेले पनि कल्पना गर्न सक्दैन तर जे जे चालक कुर्मीका वारेमा सुनिन थाल्यो, त्यसले त हामी मात्रै छक्क परेनौं, घटना नियोजित रहेको आशंका बढन थालेको छ’ भाई भट्टराईले भने, ‘नत्र हामी सामान्य दुर्घटना भनेर उपचारमा व्यस्त थियौं ।’ उनका अनुसार उक्त घटनालाई प्राकृतिक दुर्घटनाको रुपमा नलिई नियोजित देखिएकाले नेपाल सरकारसँग सत्य तथ्य छानबिनका लागि माग गर्नु परेको हो ।