१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कायरो विस्फोटको लिबियाद्वारा निन्दा



अ+ अ-

त्रिपोली । इजिप्टको राजधानी कायरोमा सोमबार भएको बम विस्फोटको लिबियाका विदेशमन्त्रीले मङ्गलबार निन्दा गर्नु भएको छ ।

यस आक्रमणमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौँ व्यक्ति घाइते भएका जनाइएको छ । इजिप्टको अल दार्ब अल जिल्लामा भएको यस आतङ्ककारी आक्रमणको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ ।

मङ्गलबार अबेर राति लिबियाली विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको छ । लिबियाको विदेश मन्त्रालयले सो विज्ञप्तिमार्फत आतंककारी क्रियाकलापका विरुद्ध इजिप्ट सरकारसँग ऐक्यवद्धता जनाएको छ ।

सो विज्ञप्तिमा लिबिया सबै खाले आतंकवादी क्रियाकलापको विरोध गर्दछ भन्दै यस्ता हिंसात्मक कार्यमा संलग्नमाथि कारबाही हुनुपर्नेमा जोड दिएको छ ।