१५ फाल्गुन २०८१, बिहीबार
February 27, 2025 Thursday
Latest
युएईबाट ‘बोटिम’ मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा रु ५०० सम्म बोनस गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न हमासको इजरायलसँग आग्रह प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रेम सम्बन्धकै कारण युवकको हत्या नेक्स्ट-जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ महेन्द्र मोरङ क्याम्पसमा झडपः स्ववियू सभापतिले कुटे नेवि संघ जिल्ला सभापति राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले संगठन विस्तार अभियान सञ्चालन गर्ने संस्कृतिसँग जोडिएका पोखरी मकवानपुरबाट १२७ किलो गाँजाको धुलो र ६ किलो अफिमसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट उद्धार गरिएका १७९ जना पुनर्स्थापना केन्द्रमा



अ+ अ-


काठमाडौं – भारतको मणिपुर हुँदै बर्मा र बर्माबाट तेस्रो मुलुकमा अबैध रुपमा लैजान लागिएका एक सय ७९ जनालाई उद्धार गरी काठमाडौंस्थित विभिन्न संस्थाका पुनर्स्थापना केन्द्रको जिम्मा लगाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये १४७ जना महिला र ३२ जना पुरुष रहेका छन् ।

मन्त्रालयका सहायक प्रवक्ता पृथबहादुर केसीका अनुसार माइती नेपालमा ९४ जना, प्रवासी नेपाली समन्वय समितिमा ३२ जना, आम्कास नेपालमा १५ जना, शक्ति समूहमा १० जना, पौरखी नेपालमा २० जना तथा साथी संस्थामा ८ जनालाई पुनर्स्थापना केन्द्रमा राखिएको छ ।

उनीहरुलाई उक्त संस्थामा मनोपरामर्श र अनुसन्धानका लागि राखिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।

भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासको सूचना र सक्रियता तथा भारतको मणिपुर सरकार, मणिपुर समाज कल्याण विकास र मणिपुर प्रहरीको सहयोग तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व एवं समन्वयमा उनीहरुलाई बुधबार स्वदेश फिर्ता ल्याइएको थियो ।

उद्धार कार्यमा प्रत्यक्ष संलग्न रहेका भारतको मणिपुर सरकार, दिल्लीस्थित नेपाली राजदूतावास, नेपाल प्रहरीको मानव बेखबिखन नियन्त्रण ब्युरो, जिल्ला प्रशासन कार्यालय झापा र विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा उद्धार कार्य सफलतापूर्वक सम्पन्न भएकामा मन्त्रालयले सबैलाई धन्यवाद दिएको छ ।

प्रारम्भिक अनुसन्धानमा उद्धार गरी नेपाल ल्याइएका उनीहरुलाई संगठित गिरोहले इराक लगायतका खाडी मुलुकमा लैजान लागेको खुलेको छ ।