• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

गज्जबका सरकार यी मन्त्री,कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त



काठमाडौँ । नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उद्घाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते बनेको वर्तमान सरकारले एक वर्ष पूरा गरिसकेको छ । तर एक वर्षमा सरकारले नागरिकका न्यूनतम आवश्यकताहरु पूरा गर्न नसकेको भन्दै आलोचना भइरहेका छन् ।

यस्तै बेला मन्त्रीहरु हेलिकोप्टर चार्टर गरेर विद्यालय भवन र स्वास्थ्य चौकी उद्घाटनमै रमाउँदै आएका छन् । अधिकांश मन्त्रीहरु कार्यालय समयमा मन्त्रालयमा भेटिँदैनन् । मन्त्रीहरु बिहानदेखि बेलुकासम्म नै महोत्सवको उद्घाटन, सभासमारोहमा बढी समय बिताउँछन् । समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।