१८ माघ २०८१, शुक्रबार
,
Latest
खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छः खानेपानीमन्त्री यादव अध्यादेश ल्याउने प्रक्रिया उचित भएनः सांसद पाण्डे संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छः सांसद भट्टराई सरकारले विधेयक अधिवशेनलाई अध्यादेशको अधिवशेन बनाउन खोज्योः नारायणकाजी श्रेष्ठ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक अर्थसमितिबाट फिर्ता संविधान संशोधन गर्दा संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैनः देउवा सरकारले ल्याएको अध्यादेश संविधान र कानूनसम्मत छः अर्थमन्त्री पौडेल ‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएः चिरीबाबु महर्जन सात बुँदे सहमति कार्यान्वयन गर्न काँग्रेस दृढ छः सभापति देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको एकता प्रक्रिया अन्यौलमा, नाममै जुटेन सहमति



अ+ अ-

काठमाडौं । पार्टी एकताको प्रस्ताव तयार पार्न गठित कार्यदलले सहमति जुटाउन नसकेपछि नेकपाको सचिवालयले आफैं छलफल गर्ने भएको छ ।

रामबहादुर थापा संयोजकत्वको कार्यदलले सहमतिको प्रस्ताव तयार गर्न नसकेपछि थप समय मागेको थियो । तर सचिवालयले म्याद थप्नेभन्दा कार्यदल पदाधिकारीलाई बोलाएर विषय टुंग्याउने तयारी गरेको हो ।

दुई दिनअघि बसेको सचिवालय बैठकले बिहीबार थप छलफल गर्ने र एकताको विषयमा टुंगोमा पुग्न प्रयास गर्ने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेताहरूले एक पटक कार्यदलभित्र भएको छलफल र त्यसको विवरण बुझ्ने र त्यसपछि धारणा बनाउनेछन् ।

गत जेठमा पार्टी एकता भए पनि प्रदेश, जिल्लासहित भ्रातृ संगठनबीच एकीकरण भइसकेको छैन । कार्यदललाई एकताको प्रस्ताव तयार गर्ने, केन्द्रीय समितिहरूको कार्यविभाजन लगायत टुंगो लगाउन जिम्मा दिइएको थियो । तर, कार्यदलभित्र प्रदेशमा यसअघि सिफारिस व्यक्तिहरूको नाममै सहमति जुट्न सकेन ।

त्यसैले जिल्ला तहको नेतृत्वमा पनि कसलाई कसरी लैजाने भन्ने मापदण्ड बन्न नसक्दा एकता प्रक्रिया झन् लम्बिँदै गएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।