![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/02/kp_oli-Copy-4.jpg)
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मंगलबार डोटीको बिपीनगरमा ५१ किलोको माला लगाए । माला पहिरिँदै उनले मुस्कानसाथ हात उठाएर फोटो खिच्न पोज दिए ।
ऊर्जामन्त्री वर्षमान पुन र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि मालाभित्र गोलबद्ध भए । अमरगढी नगरपालिका–१ दुधकाँडेमा १३२ केभी क्षमताको सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री त्यहाँ पुगेका थिए ।
प्रधानमन्त्रीले सरकार अहिलेसम्मकै उत्कृष्ट भएको दाबीसमेत गरे । सरकार गठनको एक वर्षमा धेरै काम भएको, आफ्नै पानीजहाज सञ्चालन गर्ने उद्देश्यले पानीजहाज कार्यालय स्थापना गरिसकेको र पूर्व–पश्चिम रेल आफ्नै सरकारका पालामा हुने दाबी गरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।