• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल

प्रधानमन्त्री पनि के कम ? कोईराला र देउवालाई चुनौति दिदै पहिरिएर ५१ किलोको माला



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मंगलबार डोटीको बिपीनगरमा ५१ किलोको माला लगाए । माला पहिरिँदै उनले मुस्कानसाथ हात उठाएर फोटो खिच्न पोज दिए ।

ऊर्जामन्त्री वर्षमान पुन र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि मालाभित्र गोलबद्ध भए । अमरगढी नगरपालिका–१ दुधकाँडेमा १३२ केभी क्षमताको सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री त्यहाँ पुगेका थिए ।

प्रधानमन्त्रीले सरकार अहिलेसम्मकै उत्कृष्ट भएको दाबीसमेत गरे । सरकार गठनको एक वर्षमा धेरै काम भएको, आफ्नै पानीजहाज सञ्चालन गर्ने उद्देश्यले पानीजहाज कार्यालय स्थापना गरिसकेको र पूर्व–पश्चिम रेल आफ्नै सरकारका पालामा हुने दाबी गरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।