१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, दोहोरो जिम्मेवारीको मतान्तर कायमै रहने संकेत



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलसहितको सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न गठित कार्यदलका सदस्यहरुसँग सामूहिक छलफल भइरहेको बताइएको छ ।

एकताको बाँकी प्रक्रिया टुंगो लगाउन नेकपाले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापाको संयोजकत्वमा नेकपाले गत पुस १३ गते एकीकरण टुङग्याउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । गृहमन्त्री बादलका बाहेक महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य रहेका थिए ।

खासगरी तल्ला तह र भ्रातृ संगठनहरुको एकता कसरी गर्ने भन्नेमा नेकपामा साझा धारणा निर्माण हुन सकेको छैन । नेताहरुलाई दोहोरो जिम्मेवारी दिने कि नदिने भन्नेबारे पनि मतान्तर रहेको छ ।