१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, दोहोरो जिम्मेवारीको मतान्तर कायमै रहने संकेत



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलसहितको सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न गठित कार्यदलका सदस्यहरुसँग सामूहिक छलफल भइरहेको बताइएको छ ।

एकताको बाँकी प्रक्रिया टुंगो लगाउन नेकपाले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापाको संयोजकत्वमा नेकपाले गत पुस १३ गते एकीकरण टुङग्याउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । गृहमन्त्री बादलका बाहेक महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य रहेका थिए ।

खासगरी तल्ला तह र भ्रातृ संगठनहरुको एकता कसरी गर्ने भन्नेमा नेकपामा साझा धारणा निर्माण हुन सकेको छैन । नेताहरुलाई दोहोरो जिम्मेवारी दिने कि नदिने भन्नेबारे पनि मतान्तर रहेको छ ।