१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाज कल्याण परिषदका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय



अ+ अ-

काठमाडौँ । बदनियत र कानून विपरीत काम गरेको भन्दै सरकारले समाज कल्याण परिषदका पदाधिकारीलाई पदमुक्त गरेको छ । परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको गरेको हो । ।

फागुन ३ गते बसको मन्त्रिपरिषद बैठकले परिषद्का पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।