१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ सय ७३ केजी चरेस र १ सय ९० केजी गाँजासहित २ व्यापारी पक्राउ



अ+ अ-

हेटौँडा । जिल्ला प्रहरी कार्यालय हेटौँडाले बिहीबार करोड बढी मूल्य बराबरको चरेस र गाँजाको धुलोसहित २ जना व्यापारीलाई सार्वजनिक गरेको छ ।

मकवानपुरको कैलाश गाउपालिका—१ डाँडाखर्कका ४३ वर्षीय मेवा भन्ने चन्द्रवहादुर घलानको घरबाट २ सय ७३ केजी चरेस र गोठबाट १ सय ९० केजी चरेस वनाउन तयार पारिएको गाँजाको धुलो प्रहरीले बुधबार वरामद गरेको हो ।

घरधनी घलान र अर्का चरेस व्यापारी धादिङ गजुरी गाउँपालिका—८ किरान्चोकका ३६ वर्षीय पशुपति भन्ने जीवन तामाङलाई चरेससहित पक्राउ गरेको हो ।

पक्राउ परेकाले प्रहरीमा दिएको बयान अनुसार चरेस प्रतिकेजी ३० हजार रुपैयाँ र चरेस बनाउने गाँजाको धुलो प्रतिकेजी २० हजार रुपैयाँमा भारतीय व्यापारीलाई विक्री गर्ने गरेको बताएका छन् ।