१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियासँगको आगामी बैठकप्रति ट्रम्प आशावादी



अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले वार्ताका बारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति आफू निकै आशावादी रहेको बताउनुभयो ।

यसको अर्थ आगामी बैठक नै अन्तिम भन्ने त होइन तर पनि मलाई लाग्छ त्यो बैठक सफल हुनेछ– उहाँले भन्नुभएको छ । उहाँले सो बैठकबाट दुई देशबीचको सम्बन्धमा अहिलेको भन्दा अझै सुधार आउने धारणा राख्नुभयो ।

त्यस बैठकपछि अमेरिकाले उत्तर कोरियामाथि लगाएका केही नाकाबन्दीहरुमा पनि खुकुलो पारिने धारणा उहाँले राख्नुभएको छ । राष्ट्रपति ट्रम्पले यदि उत्तर कोरियाले अमेरिकाले यसअघि भन्दै आएका केही कुराहरुमा सहमति जनायो भने अमेरिकाले पनि त्यस्तो नाकाबन्दीलाई खुकुलो पार्ने बताउनुभएको हो ।

अमेरिकाले वास्तविक रुपमा उत्तर कोरियाको नाकाबन्दीको हटाउन चाहेको तर पनि उत्तर कोरियाको तर्फबाट पनि निःशस्त्रीकरण पूर्ण रुपमा लागू भएको हेर्न आफूले चाहेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।