८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेक्जीटका बारेमा प्रगति सकारात्मक – बेलायती प्रधानमन्त्री



अ+ अ-

ब्रसेल्स । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताउनुभएको छ । तर उहाँले वार्तामा ठोस सहमति भइनसकेको पनि बताउनुभयो ।

इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट)को मिति छ हप्ताभन्दा कम रहँदा प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले आयरल्यान्ड र युरोपेली युनियनमा आबद्ध मुलुकहरुबीचको सीमा व्यवस्थाका विषयमा सहमति खोज्ने प्रयत्न गरिरहनुभएको छ । तर इयू नेताहरुले बेलायतसँग यसअघि भएको सम्झौताबाट पछि फर्कन नसक्ने बताएका छन् ।

बेलायत र इयूबीच कुनै औपचारिक सम्झौता बेगर नै बेलायतको बहिर्गमन पनि हुनसक्ने अनुमान गर्न थालिएका छन् । ब्रसेल्सतर्फ उड्नु केहीअघि उहाँकै कन्जरभेटिभ पार्टीका तीन जना सांसदले ब्रेक्जीटमा असहमति जनाउँदै राजीनामा दिएका छन् ।

उनीहरु सांसदहरुको नयाँ स्वतन्त्र समूहमा आबद्ध भएका छन् ।

बेलायतको संसदले प्रधानमन्त्री मे को ब्रेक्जीट प्रस्तावलाई यसअघि जनवरी १५ मा अस्वीकृत गरिसकेको छ । तर उहाँको प्रस्ताव अस्वीकृत भएसँगै प्रतिपक्षी लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध ल्याएको अविश्वासको प्रस्ताव भने पारित भएको थिएन ।

बेलायती राजनीतिमा नाटकीय मोड लिइरहेको ब्रेक्जीटका सन्दर्भमा सांसदहरुले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला र निर्वाध आवागमन हुन नहुने अडान राख्दै आएका छन् । उनीहरुको भनाईमा निर्वाध आवागमन यथावत राखिए बेलायतको इयूसँगको पुरानै सम्पर्क र सम्बन्ध कायम रहन्छ, र त्यसबाट ब्रेक्जीट सम्झौता कार्यान्वयन सम्भव हुँदैन ।

गत वर्ष नोभेम्बर २५ मा बेलायती प्रधानमन्त्रीले इयूसँग गर्नुभएको प्रस्तावित ब्रेक्जीट सम्झौतामा आइरिस सीमा खुला राख्ने सहमति भएको थियो । इयूले उक्त सहमतिमात्र स्वीकार्य हुने बताउँदै आएको छ ।

बेलायती जनमत पनि ब्रेक्जीटका बारेमा अझै विभाजित छ । केहीले दोस्रो जनमतसंग्रह गर्नुपर्ने निरन्तर माग गरिरहेका छन् भने केहीले पूर्व जनमतकै आधारमा इयूबाट बेलायत बाहिरिनु पर्ने बताएका छन् ।

ब्रेक्जीटका बारेमा इयूसँग भएको सम्झौता बमोजिम बेलायत यही मार्च २९ तारिखबाट बाहिरिनु पर्नेछ ।