२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम बूढानीलकण्ठबाट चेक अनादर मुद्दामा फरार दोषी पक्राउ नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले भैरहवामा ४१ लाखभन्दा बढी मूल्यका भन्सार छलेका सामान बरामद, प्रहरीद्वारा गोदाममा छापा संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेक्जीटका बारेमा प्रगति सकारात्मक – बेलायती प्रधानमन्त्री



अ+ अ-

ब्रसेल्स । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको बताउनुभएको छ । तर उहाँले वार्तामा ठोस सहमति भइनसकेको पनि बताउनुभयो ।

इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट)को मिति छ हप्ताभन्दा कम रहँदा प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले आयरल्यान्ड र युरोपेली युनियनमा आबद्ध मुलुकहरुबीचको सीमा व्यवस्थाका विषयमा सहमति खोज्ने प्रयत्न गरिरहनुभएको छ । तर इयू नेताहरुले बेलायतसँग यसअघि भएको सम्झौताबाट पछि फर्कन नसक्ने बताएका छन् ।

बेलायत र इयूबीच कुनै औपचारिक सम्झौता बेगर नै बेलायतको बहिर्गमन पनि हुनसक्ने अनुमान गर्न थालिएका छन् । ब्रसेल्सतर्फ उड्नु केहीअघि उहाँकै कन्जरभेटिभ पार्टीका तीन जना सांसदले ब्रेक्जीटमा असहमति जनाउँदै राजीनामा दिएका छन् ।

उनीहरु सांसदहरुको नयाँ स्वतन्त्र समूहमा आबद्ध भएका छन् ।

बेलायतको संसदले प्रधानमन्त्री मे को ब्रेक्जीट प्रस्तावलाई यसअघि जनवरी १५ मा अस्वीकृत गरिसकेको छ । तर उहाँको प्रस्ताव अस्वीकृत भएसँगै प्रतिपक्षी लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध ल्याएको अविश्वासको प्रस्ताव भने पारित भएको थिएन ।

बेलायती राजनीतिमा नाटकीय मोड लिइरहेको ब्रेक्जीटका सन्दर्भमा सांसदहरुले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला र निर्वाध आवागमन हुन नहुने अडान राख्दै आएका छन् । उनीहरुको भनाईमा निर्वाध आवागमन यथावत राखिए बेलायतको इयूसँगको पुरानै सम्पर्क र सम्बन्ध कायम रहन्छ, र त्यसबाट ब्रेक्जीट सम्झौता कार्यान्वयन सम्भव हुँदैन ।

गत वर्ष नोभेम्बर २५ मा बेलायती प्रधानमन्त्रीले इयूसँग गर्नुभएको प्रस्तावित ब्रेक्जीट सम्झौतामा आइरिस सीमा खुला राख्ने सहमति भएको थियो । इयूले उक्त सहमतिमात्र स्वीकार्य हुने बताउँदै आएको छ ।

बेलायती जनमत पनि ब्रेक्जीटका बारेमा अझै विभाजित छ । केहीले दोस्रो जनमतसंग्रह गर्नुपर्ने निरन्तर माग गरिरहेका छन् भने केहीले पूर्व जनमतकै आधारमा इयूबाट बेलायत बाहिरिनु पर्ने बताएका छन् ।

ब्रेक्जीटका बारेमा इयूसँग भएको सम्झौता बमोजिम बेलायत यही मार्च २९ तारिखबाट बाहिरिनु पर्नेछ ।