८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैंसी चराउन जंगल गएकी बालिकालाई बलात्कार गर्ने वृद्धलाई ६ वर्ष कैद



अ+ अ-

राजविराज । बालिका बलात्कार गर्ने एक वृद्धलाई सप्तरी जिल्ला अदालतले ६ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलाशले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष कैद र ३० हजार जरिवानाको फैसला गरेको हो।

पाण्डेले भैंसी चराउन जंगल गएकी बालिकालाई गत जेठ २१ गते र त्यसअघि पटक–पटक बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजूरी दिएका थिए।