१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरुवा वितरणमा पनि अनियमितता ?



अ+ अ-

हुम्ला । सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको छ । गाउँपालिकाले निवेदनका आधारमा स्याउ र ओखर वितरणको प्रावधान राखेपनि त्यसो नभएको कृषकले गुनासो गरेका हुन् ।

जिल्लामा स्याउ ओखर लगाउने याम शुरु भएसँगै सिमकोट गाउँपालिकाका किसानलाई स्याउ र ओखरका बिरुवा वितरण गरेता पनि चिनजान र भनसुनका आधारमा मात्र वितरण गरिएको वडा नं ४ का हिस्सी लामाले बताउनुभयो । वडा नं २ का दलित समुदायका कृषकले पनि आफूहरुले पाँच ओटा स्याउको लागि पालिका धाउँदा निवेदनका आधारमा दिनुपर्छ अरुलाई होइन भन्दै फिर्ता गरेको बताए ।

सिमकोट गाउँपालिका बागवानीअन्तर्गत वडा १ देखि ८ सम्मका कृषकलाई स्याउका १० हजार र ओखरका दुई हजार ४० ओटा बिरुवा वितरण गरिएको छ । सिमकोट गाउँपालिकाले आफ्ना पालिकाभित्र पर्ने १७ हजार हेक्टर क्षेत्रफलका लागि स्याउ, ओखर वितरण गरेको हो ।