८ पुष २०८२, मंगलवार
,
Latest
शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको त्रिपुरामाथि नेपालको यू–२१ टिमको फराकिलो जित



अ+ अ-

काठमाडौँ । भारतको गुवाहाटीमा जारी नर्थ इष्ट अन्तर्राष्ट्रिय गोल्डकप च्याम्पियनसिपमा नेपालको एन्फा यू–२१ टिमले त्रिपुरालाई पराजित गरेको छ ।

आज (बिहीबार) भएको खेलमा नेपालको यू–२१ टिमले त्रिपुरालाई ८–० गोलले पराजित गरेको हो । नेपालको जितमा अभिषेक रिजालले ह्याट्रिकसँगै चार गोल गरे । त्यस्तै, प्रेजेन तामाङले दुई, रेजिन सुब्बा र धिरज श्रेष्ठले समान १–१ गोल गरे ।

खेलको चौथो मिनेटमा नै प्रेजेनले गोल गर्दै एन्फा यू–२१ टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, ३१औं मिनेटमा रेजिनले गोल गर्दै २–० गोलको अग्रता दिलाए ।

अभिषेकले ५२ र ६६औं मिनेटमा गोल गर्दै एन्फा यू–२१ टिमलाई ४–० गोलको अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै प्रेजेनले गोल अर्को गोल गर्दै ५–० को अग्रता दिलाए ।

खेलको ६९औं मिनेटमा अभिषेकले ब्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा एन्फा यू–२१ टिमले त्रिपुराविरुद्ध ६–० गोलको अग्रता बनाएको थियो ।

७७औं मिनेटमा धिरजले गोल गरे भने ७८औं मिनेटमा अभिषेकले गोल गर्दै ब्यक्तिगत चार गोल पुर्‍याए भने एन्फा यू–२१ टिमलाई ८–० को फराकिलो जित दिलाए ।