१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समितिको पत्रप्रति अख्तियार प्रमुख असन्तुष्टि



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइडबडी जहाज प्रकरणमा छानबिन सुरु गरेको छ। अख्तियारले सहसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति बनाई छानबिन सुरु गरिएको पत्र संसद्को लेखा समितिलाई पठाएको खबर अन्नपूर्ण पोस्टमा समाचार छ।

वाइडबडीमा झन्डै ४ अर्बको भ्रष्टाचार ठहर गर्दै लेखा समितिले कारबाहीका लागि अख्तियारलाई पत्र पठाएको थियो। ‘अख्तियारले छानबिन सुरु गरेको पत्र समितिलाई प्राप्त भएको छ,’ लेखा समिति सभापति भरत शाहले भने, ‘अख्तियारले छिटो अध्ययन गरेर दोषीलाई कारबाहीका लागि पहल गर्छ भन्ने समितिको विश्वास छ।’

नेपाल एयरलाइन्सको वाइडबडीमा भ्रष्टाचारको ठहर गरेको लेखा समितिले विभागीय मन्त्रीलाई नैतिक जिम्मेवार ठहर गर्दै निगमको सञ्चालक समितिलाई निलम्बनका लागि सिफारिस गरेको छ। तर, अख्तियारले भने छानबिनपछि मात्र निलम्बनलगायत कारबाहीबारे अघि बढ्न सकिने जानकारी समितिलाई गराएको छ।
अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले वाइडबडीमा कारबाहीका लागि लेखा समितिले पठाएको पत्रको शैलीबारे असन्तुष्टि जनाएका छन्।