११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

कोइराला परिवारमाथि किन खनिए देउवा ?

कोइराला परिवारमाथि किन खनिए देउवा ?
अ अ+ अ-

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ ।

देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए । कोइराला परिवारमाथि खनिए पनि देउवाको अभिव्यक्ति शेखरप्रति लक्षित थियो । शेखरको नामै लिएर उनले विरोध गरेका थिए ।

कोइरालाले भने पार्टी सभापतिको अभिव्यक्ति उनको राजनीतिक संस्कारअनुरूपकै भएको प्रतिक्रिया दिएका छन्। ‘मेरो राजनीतिक संस्कारभित्र त्यसरी बोल्न मिल्दैन र बोल्न पनि सक्दिनँ,’ उनले कान्तिपुरसँग भने, ‘उहाँ पार्टी सभापति हो, मेरो सम्मान छ। उहाँले कस्तो राजनीतिक संस्कार सिक्नुभएको हो, उहाँले जान्ने कुरा हो।’

पार्टी सञ्चालनका विषयमा शेखर सुरुबाटै देउवाप्रति असन्तुष्टमध्येका नेता हुन्। सरकारको नेतृत्व गर्दा र पार्टी सञ्चालन क्रममा समेत कोइरालाले देउवाको एकल र गलत कार्यशैलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए। स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीको हारपछि उनीसहितका नेता देउवाप्रति आक्रोशित थिए। अग्रिम महाधिवेशनको मागसमेत गरेका थिए।

निर्वाचनलगत्तै करिब ७० भन्दा बढी जिल्लाको भ्रमण गरेका कोइरालाले १४ औं महाधिवेशनमा आफूलाई सभापतिको आकांक्षीका रूपमा प्रस्तुत गरिरहेका छन्। जिल्ला दौडमा हुने क्रार्यक्रममा समेत उनी देउवाको कार्यशैलीप्रति खरो रूपमा प्रस्तुत हुँदै आएका छन्।

शेखरसँगै पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेलसहितका नेता देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर सार्वजनिक रूपमै आलोचना गर्नेमा अग्रपंक्तिमा थिए। देउवाले केही समयअघि सार्वजनिक रूपमा आफूविरुद्ध बोल्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए।

पार्टीमा क्रियाशील तीनै कोइरालालाई पाँच दिनअघि वीरगन्जमै जीपी कोइराला फाउन्डेसनले एउटै मञ्चमा राखेको थियो। महामन्त्री शशांक, शेखर र सुजाताले कोइराला परिवार एकढिक्का भएको सन्देश दिँदै देउवाको कार्यशैलीको विरोध गरेका थिए। ‘आफूमाथि विरोध भएपछि त्यही ठाउँमा आवेशमै सभापतिले विरोध गर्नुभएको हो, उहाँको स्वभाव र आनीबानी त्यस्तै छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘आफ्नो विरोध खप्न नसक्ने र तत्कालै प्रतिक्रिया जनाउने बानीका कारण त्यस्तो अभिव्यक्ति आएको हुन सक्छ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।