८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए



अ+ अ-

नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

“५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,” डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताउनुभयो ।

स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । डानमार्क भन्ने अर्को गाउँमा पनि १५ जना लुटेरा मारिएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

उत्तर पश्चिम नाइजेरियाको बिग्रदो शान्ति सुरक्षाको अवस्थाले राष्ट्रपति मोहम्मदु बुहारीमाथि चुनौती बढेको छ । आगामी शनिबार नाइजेरियामा राष्ट्रपतिको चुनाव हुँदैछ । चुनाव अघि भएका यी घटनाले राष्ट्रपति बुहारीको पुनः निर्वाचनलाई कठिन बनाएको छ ।

राष्ट्रपति बुहारीको राम्रो पकड रहेको तथा खेतीपाती र पशुपालन मुख्य पेशा व्यवसाय भएका यस क्षेत्रका जनताले सुरक्षा फौजले आफ्नो सुरक्षामा पर्याप्त ध्यान नदिएको गुनासो गरिरहेका छन् ।

“सुरक्षा फौजले ध्यान नदिएका कारण लुटेराको हातबाट मर्नुभन्दा लड्नु नै उचित ठान्न थालेका छौं,” नाम नबताउने एक स्थानीयबासीले बताए ।

डानीजिग्बा प्रदेश राजधानी गुसाउबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको छ । व्यापारिक केन्द्रका रुपमा रहेको डानिजिग्बामा पटकपटक आक्रमण हुने गरेको छ ।

आक्रमणका कारण धेरै मानिस अन्यत्र पलायन हुन बाध्य छन् । उनीहरु चाफे र काटसिना सहरतर्फ भाग्न विवश भएका छन् । यसै महिनाको शुरुमा पनि माडा जिल्लामा लुटेराहरुले २६ जना गाउँलेको हत्या गरेका थिए ।

गत जुलाईमा जामफारा राज्यमा पनि लुटेराहरुको आक्रमणबाट सन् २०१८ को छ महिनाको अवधिमा कम्तीमा तीनसय ७१ जनाको हत्या भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

गत डिसेम्बरमा एकजना स्थानीय नेताले आत्मरक्षाका लागि स्थानीयबासीलाई सरकारले नै बन्दुक राख्न अनुमतिका लागि आग्रह गरेका थिए ।