८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको कठघरामा मन्त्री बीना : एक अर्ब भ्रष्टाचार भयो भन्ने कुरा अफबाह मात्रै हो



अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्रालयका गतिविधिबारे जबाफ दिन उपस्थित मन्त्री बीना मगरले आफ्नो कार्यकालमा कुनै भ्रष्टाचार नभएको बताएकी छिन् । शुक्रबार बसेको संसदको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिंदै मन्त्री मगरले मेलम्ची आयोजनामा भएको भनिएको भ्रष्टाचार
भ्रष्टाचार भयो भन्ने कुरा अफबाह मात्रै भएको बताइन् ।

प्रतिनिधि सभामा मन्त्री मगरलाई प्रश्न गर्दै कांग्रेसका सांसद गगनकुमार थापाले भने, “मेलम्चीको खानेपानी योजनामा भ्रष्टाचार भयो भन्ने मन्त्री र सचिव बीच आरोप प्रत्यारोप भइरहेको छ । दोषी को हो हामीले जान्न पाउनु पर्छ, दोषीलाई कारबाही हुनुपर्छ ।”

थापाको प्रश्नको जबाफ दिँदै मन्त्री मगरले आफू मन्त्री भइसकेपछि हालसम्म ८४ करोड रुपैयाँ मात्रै भुक्तानी भएको बताउँदै एक अर्ब भ्रष्टाचार भयो भन्ने कुरा अफबाह मात्रै भएको बताइन् ।