२ भाद्र २०८३, मंगलवार
,
Latest
९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको ५०औँ ह्याट्रिकमा बार्सिलोनाको शानदार जित



अ+ अ-

काठमाडौँ । कप्तान लियोनल मेस्सीले ५०औँ ह्याट्रिक पूरा गरकोे खेलमा स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले सेभियामाथि सहज जित हात पारेको छ ।

सेभियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ४–२ ले विजयी बन्यो । २२ औँ मिनेटमा सेभियाका जेसस नाभासले गोलगर्दै घरेलु टोलीको उत्साह बढाएका थिए । त्यसपछि २६ औँ मिनेटमा मेस्सीले बराबरी गोल फर्काए ।

४२ औँ मिनेटमा सेभियाका ग्याब्रिएल मर्काडोले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई पछाडी पारे ।

दोस्रो हाफमा सशक्त देखिएको बार्सिलोनाले तीन गोल थपेको थियो ।

मेस्सीले ६७ औँ र ८५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीको यो ५० औँ ह्याट्रिक हो । उनले ला लिगाको जारी सिजनमा ब्यक्तिगत २५औँ गोल पनि पूरा गरे ।

सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका मेस्सीले खेल जीवनमा ६ सय ५० गोल गरिसकेका छन् । अर्को गोल लुइस स्वारेजले दोस्रो हाफको इन्जुरी समयमा गरेका थिए । स्वारेजले मेस्सीकै पासमा गोल गरेका थिए ।

जितसँगै बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रि«डभन्दा १० अंकले अगाडी छ । बार्सिलोनाले २५ खेलबाट ५७ अंक बनाएको छ । एक खेल कम खेलेको एट्लेटिकाकोे ४७ अंक छ ।

बार्सिलोनासँग पराजित सेभियाको ३७ अंक सहित पाँचौं स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल रियल म्याड्रि«डको ४५ अंक छ ।

शनिबार राति नै भएको अन्य खेलमा गेटाफेले रायोभालेकानोलाई २–१ र एथ्लेटिक बिल्बाओले इबरलाई १–० गोलले हरायो । सेल्टाभिगो डिर्पोटिभो अलाभेसले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।