१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको ५०औँ ह्याट्रिकमा बार्सिलोनाको शानदार जित



अ+ अ-

काठमाडौँ । कप्तान लियोनल मेस्सीले ५०औँ ह्याट्रिक पूरा गरकोे खेलमा स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले सेभियामाथि सहज जित हात पारेको छ ।

सेभियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ४–२ ले विजयी बन्यो । २२ औँ मिनेटमा सेभियाका जेसस नाभासले गोलगर्दै घरेलु टोलीको उत्साह बढाएका थिए । त्यसपछि २६ औँ मिनेटमा मेस्सीले बराबरी गोल फर्काए ।

४२ औँ मिनेटमा सेभियाका ग्याब्रिएल मर्काडोले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई पछाडी पारे ।

दोस्रो हाफमा सशक्त देखिएको बार्सिलोनाले तीन गोल थपेको थियो ।

मेस्सीले ६७ औँ र ८५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीको यो ५० औँ ह्याट्रिक हो । उनले ला लिगाको जारी सिजनमा ब्यक्तिगत २५औँ गोल पनि पूरा गरे ।

सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका मेस्सीले खेल जीवनमा ६ सय ५० गोल गरिसकेका छन् । अर्को गोल लुइस स्वारेजले दोस्रो हाफको इन्जुरी समयमा गरेका थिए । स्वारेजले मेस्सीकै पासमा गोल गरेका थिए ।

जितसँगै बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रि«डभन्दा १० अंकले अगाडी छ । बार्सिलोनाले २५ खेलबाट ५७ अंक बनाएको छ । एक खेल कम खेलेको एट्लेटिकाकोे ४७ अंक छ ।

बार्सिलोनासँग पराजित सेभियाको ३७ अंक सहित पाँचौं स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल रियल म्याड्रि«डको ४५ अंक छ ।

शनिबार राति नै भएको अन्य खेलमा गेटाफेले रायोभालेकानोलाई २–१ र एथ्लेटिक बिल्बाओले इबरलाई १–० गोलले हरायो । सेल्टाभिगो डिर्पोटिभो अलाभेसले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।