८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेभान्टेमाथि रियल मड्रिडको कठिन जित



अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्टेमाथि कठिन जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा रियलले लेभान्टेलाई उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमा र ग्यारेथ बेलले गोल गरे । लेभान्टेका लागि भने रोजर मार्टीले गोल गरेका थिए ।

खेलको ४३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रियल मड्रिडले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । ६०औं मिनेटमा मार्टीले गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा ल्याए । तर खेलको ७८औं मिनेटमा फेरी रियलले पेनाल्टी पायो । बेलले पेनाल्टीबाट गोल गर्दै रियललाई २–० गोलको जित दिलाए ।

त्यस्तै, आइतबार राति नै भएका अन्य खेलमा एट्लेटिको मड्रिडले भिल्लारियललाई र रियल बेटिसले रियल भलाडोलिडलाई समान २–० गोलअन्तरले नै पराजित गरेका छन् । त्यस्तै, भ्यालेन्सिया र लेगनेसबीचको खेल ११ गोलको बराबरीमा सकिएको छ ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २५ खेलबाट ५० अंक हुँदा समान खेल खेलेको रियल मड्रिडडको ४८ अंक छ ।