२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुयला संकट : सहयोगका खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा रोक



अ+ अ-

काठमाडौँ । भेनेजुयलामा शनिबार सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मडुरोले रोक लगाएपछि झडप भएको छ।

सरकारले विदेशी सहयोगको नाममा देशमा सैन्य हस्तक्षेप हुन लागेको भन्दै सहयोग अस्वीकार गर्ने निर्णय गरेको हो ।मडुरोले आफ्नो देशमा संकट नरहेको र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले भेनेजुयलामा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै विदेशी सामग्री भित्रिन नदिएका हुन् ।

सहयोगस्वरूप आएको सामग्री भित्राउने क्रममा सरकारी सुरक्षाकर्मीले रोकेपछि विपक्षी आन्दोलनकारी समूहले बलपूर्वक सामान भित्राउने क्रममा झडप भएको हो। झडमा चार जनाको मृत्यु भएको र करिब ३०० जना घाइते भएको कोलम्बियाली अधिकारीले जनाएका छन्।