८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ मलमा खुलेआम गुण्डागर्दी, पसल हटाउने कोषको निर्णय प्रति पत्रकारको सहयोग लिने चेतावनी



अ+ अ-

काठमाडौँ । काठमाडौँ मल खाली गराउने कर्मचारी सञ्चय कोषको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन थाल्ने चेतावनी दिएका छन् । गुण्डा नाइके राजु गोरखाली समूहसँग ठेक्का सम्झौता तोडेपछि झण्डै ३ सय पसल रहेको उक्त भवनलाई ‘कर्पोरेट हाउस’ बनाउन पसलहरु हटाउन आग्रह गरेको थियो ।

तर,कोषले जारी गरेको सूनाको आधारमा २१ दिनको अवधिमा पसल सञ्चालकहरुले मल खाली नगरे बल प्रयोग गर्ने चेतावनी दिएपछि गैर कानूनी ढंगले पसल हटाउन लागेको भन्दै व्यवसायी विरोधमा उत्रिन लागेका हुन् । त्यहाँका व्यवसायीहरुको छाता संगठन ‘द काठमाडौँ मल व्यापार संघ’ले भोलि मंगलबार पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

निजी लगानीमा खेलेको पसलमाथि जथाभावी गर्न नपाइने संघकी अध्यक्ष सुष्मा महराले बताइन् ।ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ ।

मलमा झण्डै ३ सय पसल छन् । मलका झ्यालढोका फोडेर अगाडि–पछाडि, दायाँबायाँ ३७ वटा टहरामा पनि पसल सञ्चालनमा छन् ।

माघ १३ गते एक महिने सूचना जारी भएकोमा ५ फागुनमा पुनः सूचना जारी गर्दै सञ्चय कोषले आफ्नो स्वामित्वमा रहेको मलका पसल खाली गर्न व्यवसायीलाई २१ दिने अल्टिमेटम दिएको थियो ।