१५ भाद्र २०८३, सोमबार
,
Latest
चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ मलमा खुलेआम गुण्डागर्दी, पसल हटाउने कोषको निर्णय प्रति पत्रकारको सहयोग लिने चेतावनी



अ+ अ-

काठमाडौँ । काठमाडौँ मल खाली गराउने कर्मचारी सञ्चय कोषको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन थाल्ने चेतावनी दिएका छन् । गुण्डा नाइके राजु गोरखाली समूहसँग ठेक्का सम्झौता तोडेपछि झण्डै ३ सय पसल रहेको उक्त भवनलाई ‘कर्पोरेट हाउस’ बनाउन पसलहरु हटाउन आग्रह गरेको थियो ।

तर,कोषले जारी गरेको सूनाको आधारमा २१ दिनको अवधिमा पसल सञ्चालकहरुले मल खाली नगरे बल प्रयोग गर्ने चेतावनी दिएपछि गैर कानूनी ढंगले पसल हटाउन लागेको भन्दै व्यवसायी विरोधमा उत्रिन लागेका हुन् । त्यहाँका व्यवसायीहरुको छाता संगठन ‘द काठमाडौँ मल व्यापार संघ’ले भोलि मंगलबार पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

निजी लगानीमा खेलेको पसलमाथि जथाभावी गर्न नपाइने संघकी अध्यक्ष सुष्मा महराले बताइन् ।ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ ।

मलमा झण्डै ३ सय पसल छन् । मलका झ्यालढोका फोडेर अगाडि–पछाडि, दायाँबायाँ ३७ वटा टहरामा पनि पसल सञ्चालनमा छन् ।

माघ १३ गते एक महिने सूचना जारी भएकोमा ५ फागुनमा पुनः सूचना जारी गर्दै सञ्चय कोषले आफ्नो स्वामित्वमा रहेको मलका पसल खाली गर्न व्यवसायीलाई २१ दिने अल्टिमेटम दिएको थियो ।