८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेले ल्यायो १ जिबीको चलचित्र १ सेकेन्डमा डाउनलोड गर्न सकिने फोल्ड गर्न मिल्ने स्मार्टफोन



अ+ अ-

काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले १ जिबीको चलचित्र १ सेकेन्डमा डाउनलोड गर्नसकिने फोल्ड गर्न मिल्ने स्मार्टफोन विश्व बजारमा ल्याएको छ। स्पेनको बार्सिलोनामा जारी वल्र्ड मोबाइल कंग्रेसमा विश्वको दोस्रो ठूलो स्मार्टफोन कम्पनी हुवावेले मेट एक्स मोबाइल फोन सार्वजनिक गरेको हो।

फाइभजी प्रविधि सपोर्ट गर्ने यो फोनको डिस्प्ले ८ इन्च रहेको छ। ११ एमएम मोटाइ भएको यो स्मार्टफोनको युरोपीयन बजारमा २ हजार ६ सय युरो तोकिएको छ।


किरिन ९८० प्रोसेसर भएको स्मार्टफोनमा ४५०० एमएच क्षमताको ब्याट्री रहेको छ। ५५ वाटका सुपर चार्जर भएको यो स्मार्टफोन ३० मिनेटमा ८५ प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ।

स्मार्टफोनमा ८ जिबी र्याम भएको छ भने ५१२ जिबी मेमोरी छ।सामसुङले पनि एक हप्ता अगाडि यस्तै फोन बजारमा ल्याएको थियो ।