८ पुष २०८२, मंगलवार
,
Latest
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकले दिए अपहरणको ‘आइडिया’, २० लाख लिएर गरे ६ वर्षे जुम्ल्याहाको हत्या



अ+ अ-

भारतको मध्यप्रदेशस्थित चित्रकुटमा दुई जुम्ल्याहा भाइको अपहरणपश्चात् हत्याको मामला सार्वजनिक भएको छ । पुलिसका अनुसार ती बच्चाहरुलाई ट्युशन पढाउने शिक्षकले घटनाको आइडिया दिएका थिए ।

यस्तै, बच्चाका पिताबाट फिरौतीको २० लाख पाएपछि आरोपीले बच्चाहरुलाई ‘यहाँबाट छुटेपछि हामीलाई चिन्छौ रु’ भनेर सोधे । बच्चाहरुले ‘चिन्छौँ’ भनेपछि उनीहरुको हत्या गरिएको बताइएको छ ।

६ वर्षे श्रेयांश र प्रियांशलाई उनीहरुको स्कूल बसमा बन्दुक देखाएर दिउँसै अपहरण गरिएको थियो । अपहरणकर्ताले बच्चाका पितासँग दुई करोडको फिरौती मागेका थिए । तर अपहरणकर्ताले बच्चाहरुलाई पानीमा डुबाएर हत्या गरे ।

साङ्लाले हात–खुट्टा बाँधेर पानीमा फ्याँकेः

तेल व्यवसायी ब्रजेश रावतका ६ वर्षका जुम्ल्याहा छोराहरुको शव शनिबार राती उत्तर प्रदेशको बान्दा जिल्लाको औगासी घाटमा भेटियो । दुबैको हात–खुट्टा जंजिरले बाँधिएको थियो । अपहरणकर्ताले २० लाखको फिरौती लिएपछि बच्चाको हत्या गरिदिए ।

– पुलिसका अनुसार आरोपीले दुई बच्चालाई सुरुमा क्लोरोफर्म सुँघाएर बेहोस गरेर साङ्लाले हात–खुट्टा र ढुङ्गा बाँधेर यमुना नदीमा फ्याँके । पुलिसले शनिबार घटनाका मास्टरमाइन्ड पदम शुक्लासहित सबै ६ आरोपीलाई पक्राउ गरे र उनीहरुले देखाएको ठाउँमा राती यमुना नदीबाट बच्चाको शव भेटे ।

ट्युशन टिचरले अपहरणको आइडिया दिएका थिएः

रमकेश यादव ती बच्चाहरुलाई ट्युशन पढाउन उनीहरुको घरमै जान्थे । उनैले आफ्ना साथीलाई बच्चाका पिता निकै धनी भएको बताएका थिए ।

– फेब्रुअरी १३ मा अपहरणकारीले बच्चाको परिवारलाई दुई करोड फिरौतीको माग गर्दै फोन गरे । १८–१९ फेब्रुअरी बेलुकी ४ बजे पनि अपहरणकारीले बच्चाका पितासँग फोन गरेका थिए । एजेन्सी