२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल एक सय दशौं स्थानमा, पहिलो नम्बरमा स्पेन



अ+ अ-

काठमाडौँ । संसारको सबैभन्दा स्वस्थ देशको सूचीमा नेपाल एक सय दशौं स्थानमा परेको छ । सूचीको शीर्ष स्थानमा ९६.५६ अंक सहित स्पेन रहेको छ ।

ब्लूमबर्ग हेल्दियस्ट कन्ट्रि इन्डेक्सलेतयार पारेको रिपोर्ट अनुसार संसारभरीका एक सय ६९ देश मध्य इटली ९५.८३ अंक सहित दोस्रो स्थान ओगटेको छ । आइसल्याण्ड, जापान र स्विटजरल्याण्ड क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।

दक्षिण एशियाली देश तर्फ श्रीलङ्का ६६ औं नम्बर छ, बंगलादेश ९१ औं स्थानमा छ भने भारत ११९ औं स्थानमा छ । भारतभन्दा नेपाल ९ स्थान अघि छ ।