८ पुष २०८२, मंगलवार
,
Latest
भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत



अ+ अ-

काठमाडैँ । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । सो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी र समर्थकमा अञ्जना विसंखे र मनकुमारी जिसी हुनुहुन्छ ।

प्रस्तावमा “स्वास्थ्य बीमा ऐनअन्तर्गतका कार्यक्रमलाई देशव्यापीरूपमा लागू गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको आकस्मिक, सघन उपचार कक्षलगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानून, नियम र निर्देशिका बनाई लागू गर्न आवश्यक भएको ।” भनिएको छ ।

प्रस्ताव पेश गर्दै प्रस्तावक अधिकारीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न र संविधानप्रदत्त अधिकारलाई कार्यान्वयन गर्न बीमा कार्यक्रम सातवटै प्रदेशमा लागू गर्न माग गर्नुभयो । उहाँले आफू स्वास्थ्यमन्त्री रहँदा बीमा कार्यक्रम कार्यान्वयनमा आएको जानकारी दिनुभयो । समर्थकद्वय विसंखे र जिसीले सङ्घीय व्यवस्थालाई कार्यान्वयन गर्न बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न माग गर्नुभयो ।

यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहितको विधेयक टेबुल गर्नुभयो ।