८ पुष २०८२, मंगलवार
,
Latest
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप म्याच हुन्छ-आईसीसी, खेल्ने वा नखेल्ने निर्णय बोर्ड र सरकारले गर्छ-कोहली



अ+ अ-

काठमाडौँ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले भारत र पाकिस्तानबीचको विश्वकप म्याचबारे कुनै अन्यौल नरहेको बताएको छ ।

आउँदो १६ जुनमा म्यान्चेस्टरमा हुने म्याच नहुने कुरा भारतीय मिडियामा आईरहेको बेला आईसीसी दुई देशबीच बढ्दो तनाव भएपनि खेलमा कुनै असर नगर्ने बताएको हो ।

भारतका कुनै जमानमा चम्केका खेलाडिहरुले पाकिस्तानसँगको खेल बहिष्कार गर्नुपर्ने माग गरेका थिए । तर, आईसीसीले भने खेल नरोकिने बताएको छ । ‘खेलकुद, खासगरी क्रिकेटले मानिसहरुलाई एक ठाउँमा ल्याउने र समुदायहरुलाई जोड्ने क्षमता राख्छ । विश्वकपका कुनै पनि खेलमा अहिलेसम्म कुनै द्विविधा उत्पन्न भएको छैन,’ आईसीसीको वक्तव्यमा भनिएको छ ।

तर, भारतीय क्रिकेट कप्तान बिराट कोहलीले पाकिस्तानसँग म्याच खेल्ने वा नखेल्ने विषयमा क्रिकेट बोर्ड र सरकारको निर्णय मान्ने बताएका छन् ।

विश्वकपमा अहिलेसम्म भारत पाकिस्तानसँग पराजित भएको छैन । भारतीय लिजेन्ड सचिन तेन्दुलकरले पाकिस्तानसँग नखेल्दा भारतले सम्भावित अंक गुमाउन सक्ने भन्दै ट्विट गरेका छन् ।