• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

दुवै मिर्गौला फेल भएकी यशोदाको उपचारमा सहयोगको याचना



सिन्धुली । दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेकी सिन्धुली जिल्ला दुधौली नगरपालीका वडा नं. २ की यशोदा खड्को उपचारका लागि सहयोग गरिदिन उनका बुबा लालबाहादुर खड्काले आग्रह गरेका छन् । दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेकी सिन्धुलीको दुधौली नगरपालीका वडा नं. २ नयाँटोलकी २३ वर्षिय यशोदाको किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन उनका बुवाले आग्रह गरेका हुन् ।

करिव नौ महिनाअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक डाइलाइसिस गराइरहेकी छिन्। शुरुमा गाउँमा समान्य रोगको उपचार गराएपनि व्यथाले च्याप्र्दै गएपछि विरगञ्जको नेशनल मेडिकल कलेज, त्यसपछि काठमाडौको ओम अस्पतालहुर्दै हाल जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारार्थ छिन् । यशोदाको उपचार गराउदा अहिलेसम्म २० लाख रुपिया सकिएको छ ।

अहिले यशोदाको ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहेको विरामी यशोदाका बुवा लालबाहादुरले बताए । निम्न आर्थिक अवस्था भएका खड्का अहिले आर्थिक अवस्था कमोजर भएपछि चिन्तीत छन् ।

विरामी यशोदाले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउनसक्ने बताउँदै सहयोगको अपिल गरेकी हुन् । । थप जानकारीका लागी विरामीका बुवा लालबाहादुरलाइ ९८४४१३९७४५ नम्वरमा फोनगरी जानकारी लिन सकिने छ ।