८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्ष नगएपछि कांग्रेस बैठक स्थगित, देउवा तनावमा



अ+ अ-

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सहमतिबाट अनुशासन र निर्वाचन समिति गठनको माग गर्दै बैठकमा नगएपछि कांग्रेस बैठक स्थगित गरिएको छ ।

मंगलबार ११ बजे बैठक बोलाइएपनि सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय सदस्यहरु बैठक हलमा बसेपनि पौडेल र सिटौला पक्षका नेता तथा सदस्यहरु पार्टी केन्द्रीय कार्यालयमै रहेपनि बैठक हलमा नगाएपछि बैठक स्थगित गरिउको हो ।

संस्थापन इतरपक्षको अनुपस्थितीका कारण सभापति देउवाले बैठक सुरु गर्न नसकेपछि स्थगित गरिएको हो । केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले अनुशासन र निर्वाचन समिति पार्टीका अर्धन्यायिक निकाय रहेकाले सहमतिबाटै गठन गर्नुपर्ने माग आफूहरुले उठाएको बताए।

देउवाले बैठक सुरु भएपछि बहुमतबाटै यी दुई समिति गठन गर्ने तयारी गरेका छन्। उनले यसअघि दुवै समितिमा पौडेल पक्षबाट दुई/दुई सदस्यको नाम दिन आग्रह गरेका थिए।