८ पुष २०८२, मंगलवार
,
Latest
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो रोजाईको स्थान र समयमा भारतमाथि हमला गर्ने पाकिस्तानको धम्कि



अ+ अ-

काठमाडौँ । मंगलबार विहान भएको आक्रमणमा ठूलो संख्यामा चरमपन्थी मारिएको भारतीय दाबीलाई पाकिस्तानले अस्वीकार गरेको छ ।

भारतीय मिडियाहरुले भने वायुसेना सूत्रको हवाला दिँदै भारतका लडाकु विमानले बिहान ३ः३० बजे बालाकोट नजिक रहेको जैस ए मोहम्मदको एक शिविरमा हमला गरेर ध्वस्त पारेको दाबी गरेका छन् । तर उक्त दाबी सहि नभएको पाकिस्तानले बताएको छ ।

पाकिस्तानले भारतीय वायुसेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) पार गर्दै गरेको बम हमलाले आफ्नो देशको सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो रोजाईको स्थान र समयमा जवाफ दिइने समेत बताएको छ ।

भारत सरकारले पाकिस्तानी भूमिमा रहेको आतंकवादी संगठन जैश ए मोहम्मदको अखडामा आक्रमण गरेको र थुप्रै चरमपन्थी मारिएको दाबी गरेको छ ।

घटनालाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ । बैठकपछि जारी बयानमा भारतको दाबी खारेज गर्दै भनिएको छ, ‘हामी भारतको बालाकोट नजिकै कथित आतंकी शिविर नष्ट गरेको र ठूलो मानवीय क्षति भएको दाबी खारेज गर्छौं ।’

यसको पुष्टि गराउन पाकिस्तान सरकारले स्थानीय र अन्तराष्ट्रिय सञ्चार माध्यमलाई घटनास्थलमा लैजाँदैछ ।