१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान बोक्ने कार्गोमा विदेशी लगानी, नेपाली व्यवसायीको विरोध



अ+ अ-

काठमाडौं । मुलुकमा ठुलो परिमाणमा विदेशी लगानी आवश्यक परिरहेको बेला सरकारले भने स्वदेशी व्यवसायीलाई नै असर पर्ने गरी कार्गो क्षेत्रमा लगानी स्वीकृत गरेको छ । उद्योग विभागले ५० लाख २ करोड रुपैयाँसम्मका पुँजी भएको कार्गो कम्पनीलाई स्वीकृति दिएको पाइएको छ । हालसम्म आधा दर्जन भारतीय तथा चिनियाँ कम्पनीलाई यस्तो स्वीकृति दिइसकेको पाएपछि स्वदेशी व्यवसायीले भने यसको विरोध गरेका छन् ।

व्यवसायीहरुको कार्गो क्षेत्रमा सानो परिमाणमा वैदेशिक लगानी रोक्न उद्योगसचिव यामकुमारी खतिवडा, वाणिज्य तथा आपूर्तिसचिव केदारबहादुर अधिकारीलगायतलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत ध्यानाकर्षण गराउँदै नेपाल फ्रेट फरवार्डस् एसोसिएनले स्वदेशी लगानीलाई हतोत्साहित नगर्न आग्रह गरेको छ । यो समाचार कारोबार दैनिकमा छ ।