८ पुष २०८२, मंगलवार
,
Latest
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकमा स्वास्थ्यकर्मीमाथि आक्रमण, विश्व स्वास्थ्य संगठनद्वारा निन्दा



अ+ अ-

बग्दाद । इराकमा स्वस्थ्यकर्मीहरुमाथि मङ्गलबार भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन तथा सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरिएको छ ।

इराकको उत्तरी प्रान्त किर्कुकको अजादी शिक्षण अस्पतालमा ७० वर्षकी एक वृद्धाको उपचारका क्रममा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यजस्तो यस्तो संवेदनशील क्षेत्रमा काम गर्ने नागरिकका लागि सुरक्षाको प्रबन्ध गर्न एक विज्ञप्तिमार्फत माग गरेको छ ।

स्वास्थ्य सुविधाबाट बन्चित महिला र बालबालिकाको उपचारका लागि इराकको उत्तरी क्षेत्रमा औषधिसहित पुगेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।

इराकमा सन् २०१८ मा मात्र कम्तीमा ४२ ओटा यस्ता आक्रमणका घटना भएका छन् जसमा करिब ४० प्रतिशत स्वास्थ्यकर्मी रहेका छन् । स्वास्थ्यकर्मीहरुलाई इराकका जुनसुकै क्षेत्रमा स्वास्थ्य उपचारका लागि खट्न, औषधि पु¥याउन र अरु क्षेत्रमा पनि लैजान दिन विश्व स्वास्थ्य संगठनले माग गरेको छ ।

इराकी स्वास्थ्यमन्त्री अला अल–दीन अल–अल्वानले मानवीय सेवामा खटिने स्वास्थ्य कर्मचारीमाथि हुने जस्तोसुकै आक्रमण क्षम्य नहुने बताउनुभएको छ । उहाँले इराकी स्वास्थ्य संस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई पनि आग्रह गरिएको बताउनुभयो ।