८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

इराकमा स्वास्थ्यकर्मीमाथि आक्रमण, विश्व स्वास्थ्य संगठनद्वारा निन्दा

इराकमा स्वास्थ्यकर्मीमाथि आक्रमण, विश्व स्वास्थ्य संगठनद्वारा निन्दा
अ+ अ-

बग्दाद । इराकमा स्वस्थ्यकर्मीहरुमाथि मङ्गलबार भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन तथा सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरिएको छ ।

इराकको उत्तरी प्रान्त किर्कुकको अजादी शिक्षण अस्पतालमा ७० वर्षकी एक वृद्धाको उपचारका क्रममा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यजस्तो यस्तो संवेदनशील क्षेत्रमा काम गर्ने नागरिकका लागि सुरक्षाको प्रबन्ध गर्न एक विज्ञप्तिमार्फत माग गरेको छ ।

स्वास्थ्य सुविधाबाट बन्चित महिला र बालबालिकाको उपचारका लागि इराकको उत्तरी क्षेत्रमा औषधिसहित पुगेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।

इराकमा सन् २०१८ मा मात्र कम्तीमा ४२ ओटा यस्ता आक्रमणका घटना भएका छन् जसमा करिब ४० प्रतिशत स्वास्थ्यकर्मी रहेका छन् । स्वास्थ्यकर्मीहरुलाई इराकका जुनसुकै क्षेत्रमा स्वास्थ्य उपचारका लागि खट्न, औषधि पु¥याउन र अरु क्षेत्रमा पनि लैजान दिन विश्व स्वास्थ्य संगठनले माग गरेको छ ।

इराकी स्वास्थ्यमन्त्री अला अल–दीन अल–अल्वानले मानवीय सेवामा खटिने स्वास्थ्य कर्मचारीमाथि हुने जस्तोसुकै आक्रमण क्षम्य नहुने बताउनुभएको छ । उहाँले इराकी स्वास्थ्य संस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई पनि आग्रह गरिएको बताउनुभयो ।