१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज देशका अधिकाश भू-भागमा वर्षा र हिमपात हुने



अ+ अ-

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् गङ्गा नगरकोटीले यस वर्ष लगाातार रुपमा भित्रिएको पश्चिमी वायुको प्रभावले देशका अधिकांश ठाउँमा बदली र वर्षा भइरहेको बताउनुभयो । पश्चिमी वायु एकपछि अर्को निरन्तर भित्रिरहँदा लामो समयसम्म घाम लाग्न सकेको छैन । आज पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत उच्च हिमाली भेगमा वर्षासँगै हिमपात भइरहेको छ ।

मङ्गलबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायु आज मध्यरातिदेखि विस्तारै सुदूरपश्चिमबाट कम हुँदै पूर्वबाट बाहिरिने मौसमविद् नगरकोटीले बताउनुभयो । यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको महाशाखाले जनाएको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार देशका पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।