• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप

यति एयरलाइन्सका प्रबन्ध निर्देशक शेर्पाको अन्त्येष्टि गरिँदै



काठमाडौँ । गत बुधबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेर मुत्यु भएका हवाई तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको टेकुमा अन्त्येष्टि गरिँदैछ। लामाले कालो क्रिया गरी पूजा विधिअनुसार एक सय आठ बत्ती बालेर अन्त्येष्टिका लागि शेर्पाको शव टेकु घाट लगिँदै छ ।

बौद्धधर्मको संस्कार अनुसार लामाले आइतबार मात्र अन्त्येष्टिको साइत दिएपछि शवलाई बालुवाटारस्थित निजी निवासमा राखिएको थियो।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति,पर्यटन तथा उड्‍डयन मन्त्री रवीन्द्र अधिकारको गृह जिल्ला पोखरामा शुक्रबार अन्त्येष्टि गरिएको छ।

त्यस्तै उक्त दुर्घटनामा परी मृत्यु भएका नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको पनि सोहि दिन पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।