१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो



अ+ अ-

काठमाडौंं । पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती तथा पं.नवराज शारदा स्मृति समाजको तेस्रो वार्षिकोत्सव एक कार्यक्रमको आयोजना गरिएको छ ।

प.नवराज शारदा स्मृति समाजले बिभिन्न धार्मिक सांस्कृतिक कार्यक्रम गरि उहाँको स्मरण गरेको छ । कार्यक्रममा काठमाडौं महानगगरपालीका वडा नं ३१ का वडाअध्यक्ष सरोज ढकालले पण्डित नवराज पौडेलले समाजका पुर्‍याउन’ भएको योगदानका चर्चा गर्नभयो ।

उहाँले यस क्षेत्रको कुनै  सडक उहाँको नाममा नामाकरण गर्न वडा कार्यलय तयार रहेको जानकारी गराउनु भयो ।

पं. नवराज शारदा स्मृति समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुबा पं. नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले दिनुभएको संस्कार शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताउनुभयो । साथै पं नवराज पौडेलले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गर्नुभएको उल्लेख गर्नुभयो ।

समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्यसाथ समय सापेक्ष हाम्रा विविध संस्कारहरु तथा कर्मकाण्डलाई परिमार्जन गर्दै लानुका साथै आर्थिक अभावमा शिक्षाबाट विमुख भएका समाजका विपन्न तथा जेहेन्दार छात्रछात्राहरुलाई विद्यालय तथा उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याउन छात्रवृत्ति कोषको स्थापना गरी, छात्रवृत्ति प्रदान गर्ने र यसका माध्यमबाट यथासक्य शिक्षा क्षेत्रमा योगदान पुर्याउने उधेश्यकासाथ यो संस्था स्थापना भएको हो ।

कार्यक्रममा पाँचजना बटुकहरुद्वारा स्वस्ती वाचन गरिएको थियो।कार्यक्रममा संस्थाका सदस्य पदाधिकारी, आफन्तजन, इष्टमित्र, टोल छिमेकका प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो । यस वर्ष उक्त संस्थाले रत्नराज्यलक्ष्मी माध्यामिक विद्यालय बानेश्वरमा अध्यनरत असहाय, अनाथ, गरिव, जेहेन्दार विधार्थीहरुका लागी आवश्यक स्टेशनरी सामानहरु उपलब्ध गराईरहेको छ ।