३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यति एयरलाइन्सका प्रबन्ध निर्देशक शेर्पाको अन्त्येष्टि गरिँदै



अ+ अ-

काठमाडौँ । गत बुधबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेर मुत्यु भएका हवाई तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको टेकुमा अन्त्येष्टि गरिँदैछ। लामाले कालो क्रिया गरी पूजा विधिअनुसार एक सय आठ बत्ती बालेर अन्त्येष्टिका लागि शेर्पाको शव टेकु घाट लगिँदै छ ।

बौद्धधर्मको संस्कार अनुसार लामाले आइतबार मात्र अन्त्येष्टिको साइत दिएपछि शवलाई बालुवाटारस्थित निजी निवासमा राखिएको थियो।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति,पर्यटन तथा उड्‍डयन मन्त्री रवीन्द्र अधिकारको गृह जिल्ला पोखरामा शुक्रबार अन्त्येष्टि गरिएको छ।

त्यस्तै उक्त दुर्घटनामा परी मृत्यु भएका नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको पनि सोहि दिन पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।