१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्रीः कतै धुमधाम, कतै सन्नाटा



अ+ अ-

काठमाडौँ । महाशिवरात्री पर्व सोमबार भगवान् शिवको स्तुति गर्दै पशुपतिनाथलगायत देशका विभिन्न शिवालयहरूमा धुमधामका साथ मनाइँदैछ । देश तथा विदेशबाट श्रद्धालु तथा साधुसन्त यो मेला भर्न आउने इतिहासदेखिकै परम्परा छ । त्यसक्रममा पशुपतिनाथमा लाग्ने मेला भने विशिष्ट र अन्तर्रा्ष्ट्रिय मेला नै हो ।

भारतमा पनि कुम्भमेला लगायतका धार्मिक पर्वलाई पर्यटक तान्नेदेखि देशको प्रतिष्ठासँग जोडेर मनाइने गरे पनि नेपालमा महाशिवरात्रीलाई पर्यटक प्रवद्र्धनका रूपमा अझै व्यवस्थित गर्न बाँकी नै रहेको छ ।

उल्लास छैन अखडामा

पशुपतिनाथतर्फ व्यापक उल्लास सुरु भए पनि कालमोचनघाटको वैरागी, उदासी, सन्यासी र नाथ अखडामा साधुको विजोग भएको छ ।

यहाँ पर्व अगावै आएका साधु सामल जुटाउन साहु महाजन, कालिमाटी सब्जी मण्डी, लगायतका स्थानमा भिक्षाटनमा हिँडेका छन् ।

वैरागी अखडाका महन्थ रामस्वरुपदास वैष्णवका अनुसार अखडामा निर्माण कार्य भइरहेकोले मुस्किलले चुल्हो बनाइएको छ, तर चुल्होमा के पकाएर खान दिने भन्ने समस्या छ ।

अखडाकी माता सावित्रीदेवीले पिउने पानीको यहाँ अभाव भएको दुःखेसो व्यक्त गरे । उनले उदारमना दाता समक्ष साधु अखडामा स्तरीय खानपान र पिउने पानीको सहयोग पाइयोस् भनेका छन् ।

उदासी अखडामा भने महन्थ पुष्पदासको पहलमा साधुलाई बिहीवारदेखि नै खानपानको व्यवस्था र रहने बस्ने व्यबस्था गरिएको छ । उनले पनि दातालाई सहयोगको हात बढाउन अपिल गरेका छन् । योपटक भारत प्रयागको कुम्भबाट सिधै साधु यहाँ आएका र मौसमको अदलीवदलीले पर्वको सुरुआत पूर्व नै अखडामा धुनी जगाउनु परेको महन्थ पुष्पदासले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकासित छ ।