१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका स्कुलको नाम अनिवार्य रुपमा नेपालीमा हुनुपर्ने



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने भएको छ । स्कुलको साइनबोर्डमा सर्वसाधारणले बुझ्ने गरी नेपालीमा नाम लेख्नुपर्नेछ ।

महानगरपालिका शिक्षा समितिको आइतबारको बैठकले नेपाली नाम राख्नुपर्ने निर्णय गरेको हो । निर्णय नमान्ने विद्यालयलाई कानुनअनुसार कारवाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ । संविधानको धारा ७ को उपदफा ९१० मा भएको देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ ।

संवैधानिक प्रावधान कार्यान्वयन गर्न यस्तो निर्णय गरिएको महानगरपालिका शिक्षा समितिका प्रमुख उपसचिव सिताराम कोइरालाले बताए । महानगरपालिका भित्र ६ सय ४० निजी र ९१ सरकारी विद्यालय सञ्चालनमा छन् । अधिकांश सरकारी स्कुलले नेपालीमै नाम लेखे पनि निजीले भने अंग्र्रेजीमा लेख्ने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकासित छ ।