२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेजाभु क्लबका अध्यक्ष श्रेष्ठद्वारा साढे तीन करोड ठगी, ‘डिफ्युजन नोटिस’ जारी



अ+ अ-

काठमाडौं । दरबारमार्गस्थित देजाभु डिस्कोका तत्कालीन अध्यक्ष मनोज श्रेष्ठ साढे तीन करोड रुपैयाँ ठगी गरेर बेपत्ता भएपछि प्रहरीले ‘डिफ्युजन नोटिस’ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरीले उनीविरुद्ध ‘डिफ्यूजन नोटिस’ गरेकोे हो । आफू ठगिएको भन्दै विश्वराज श्रेष्ठले मनोजविरुद्ध उजुरी गरेपछि प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरेको थियो । हङकङमा लुकिछिपी बसेको खुलेपछि प्रहरीले उनीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको हो ।

साढे तीन करोड ठगी गरेको उजुरी

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले मनोजविरुद्ध साढे तीन करोड रुपैयाँ ठगी गरेको उजुरी परेको बताए । ‘मनोजविरुद्ध साढे तीन करोड रुपैयाँ ठगी गरेको उजुरी परेपछि हामीले अनुसन्धान सुरु ग९यौँ, उनी हङकङमा खुलेपछि ‘डिफ्युजन’ नोटिस जारी गरिएको छ,’ उनले भने ।प्रहरीका अनुसार मनोजले विश्वराजलाई डिस्कोको सेयर अनधिकृत रूपमा बेचेका थिए । त्यसबापत उनले विश्वराजसँग दुई करोड रुपैयाँभन्दा धेरै रकम लिएका थिए । यो समाचार नयाँ पत्रिका दैनिकमा खबर छ ।