२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टससँग नेपोलीको हार, रोनाल्डोलाई फल गर्दा गोलकिपरले खाए रातो कार्ड



अ+ अ-

काठमाडौँ । लिग लिडर युभेन्टसले इटालियन सिरी ए फुटबलमा नेपोलीलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा युभेन्टसले उसैको मैदानमा नेपोलीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा मिरलेम जानिक र इमरे केनले गोल गरेका थिए । यता, नेपोलीका लागि जोसे कालेजोनले गोल फर्काएका थिए ।

खेलको २५औं मिनेटमा नै नेपोलीका गोलकिपरले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । उनले युभेन्टसका क्रिष्टियानो रोनाल्डो र जानिकलाई फल गरेका थिए ।

खेलको २८औं मिनेटमा जानिकले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटम केनले गोल गर्दै युभेन्टसलाई २–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफ २–० गोलको अग्रता कायम गरेको युभेन्टसले दोस्रो हाफको सुरुवातमै गोलकर्ता जानिकलाई गुमाएको थियो । खेलको ४७औं मिनेटमा जानिकले दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि युभेन्टसपनि १० खेलाडीमा सिमित भएको थियो ।

६१औं मिनेटमा कालेजोनले गोल गर्दै नेपोलीलाई २१ गोलको अवस्थामा पुर्‍याएपनि युभेन्टसलाई रोक्न भने सकेनन् ।

जीतसँगै शीर्ष स्थानमा रहेको युभेन्टसको २६ खेलबाट ७२ अंक भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपोलीको समान खेलबाट ५६ अंक मात्रै छ ।