२७ जेष्ठ २०८३, बुधबार
,
Latest
मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीले जित्दा लिभरपुल बराबरीमा रोकियो



अ+ अ-

काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहृयामलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले उसैको मैदानमा फुलहृयामलाई २–१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा गोन्जालो हिगुइन र जोर्गिन्होले गोल गरे । यता फुलहृयामका लागि कलम च्याम्बर्सले गोल फर्काएका थिए ।

तीनै गोल पहिलो हाफमा भएको थियो । हिगुइनले २० औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । फुलहृयामका लागि २८ औं मिनेटमा च्याम्बर्सले गोल १–१ गोलको बराबरीमा पुर्‍याएका थिए । ३१ औं मिनेटमा जोर्गिन्होले गोल गरेपछि पहिलो हाफसम्म चेल्सीले २–१ को अग्रता बनाएको थियो ।

पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको चेल्सीले आफ्नो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न सफल भयो ।

जितपछि २८ खेल खेलेको चेल्सीको ५६ अंक भएको छ । पराजित फुलहृयामको भने समान खेलबाट १७ अंक मात्रै छ ।

आइतबार राति भएको अर्को खेलमा लिभरपुलले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। कमजोर मानिएको एभर्टनसँग बराबरी खेलेसँगै लिभरपुलले शीर्ष स्थानमा पुग्ने अवसरलाई पनि गुमाएको छ ।

लिभरपुलविरुद्ध एभर्टनले उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलअवधिभर आफ्नो पकडमा बल नियन्त्रण राख्न सकेपनि लिभरपुलले गोल गर्न भने सकेन । पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा लिभरपुलले खेल बराबरीमा टुंग्याएको हो ।

बराबरीसँगै लिभरपुलको २९ खेलबाट ७० अंक रहेको छ । शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको भने समान खेलबाट ७१ अंक छ । यता, एभर्टनको भने २९ खेलबाट ३७ अंक मात्रै छ । लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामको २९ खेलबाट ६१ अंक हुँदा चौथो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको ५८ अंक छ ।

लिगअन्तर्गत नै भएको अर्को खेलमा लेष्ट सिटी वाटफोर्डसँग २–१ गोलअन्तरले पराजित भएको छ ।




भर्खरै