२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीले जित्दा लिभरपुल बराबरीमा रोकियो



अ+ अ-

काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहृयामलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले उसैको मैदानमा फुलहृयामलाई २–१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा गोन्जालो हिगुइन र जोर्गिन्होले गोल गरे । यता फुलहृयामका लागि कलम च्याम्बर्सले गोल फर्काएका थिए ।

तीनै गोल पहिलो हाफमा भएको थियो । हिगुइनले २० औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । फुलहृयामका लागि २८ औं मिनेटमा च्याम्बर्सले गोल १–१ गोलको बराबरीमा पुर्‍याएका थिए । ३१ औं मिनेटमा जोर्गिन्होले गोल गरेपछि पहिलो हाफसम्म चेल्सीले २–१ को अग्रता बनाएको थियो ।

पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको चेल्सीले आफ्नो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न सफल भयो ।

जितपछि २८ खेल खेलेको चेल्सीको ५६ अंक भएको छ । पराजित फुलहृयामको भने समान खेलबाट १७ अंक मात्रै छ ।

आइतबार राति भएको अर्को खेलमा लिभरपुलले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। कमजोर मानिएको एभर्टनसँग बराबरी खेलेसँगै लिभरपुलले शीर्ष स्थानमा पुग्ने अवसरलाई पनि गुमाएको छ ।

लिभरपुलविरुद्ध एभर्टनले उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलअवधिभर आफ्नो पकडमा बल नियन्त्रण राख्न सकेपनि लिभरपुलले गोल गर्न भने सकेन । पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा लिभरपुलले खेल बराबरीमा टुंग्याएको हो ।

बराबरीसँगै लिभरपुलको २९ खेलबाट ७० अंक रहेको छ । शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको भने समान खेलबाट ७१ अंक छ । यता, एभर्टनको भने २९ खेलबाट ३७ अंक मात्रै छ । लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामको २९ खेलबाट ६१ अंक हुँदा चौथो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको ५८ अंक छ ।

लिगअन्तर्गत नै भएको अर्को खेलमा लेष्ट सिटी वाटफोर्डसँग २–१ गोलअन्तरले पराजित भएको छ ।