१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको अलाबामा राज्यमा आँधीबाट २२ जनाको मृत्यु



अ+ अ-

अलाबामा । अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ ।

“पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे जोन्सले बताउनुभयो ।

जोन्सले आँधीबाट अति प्रभावित भएको क्षेत्रमा आइतबार ड्रोन उडाएर विवरण सङ्कन गरिएको बताउनुभयो । सोमबार व्यापक खोज तथा उद्धारको कार्य गरिने उहाँले जानकारी दिनुभयो ।

जोन्सले आँधीबाट मानिसका घरहरुमा व्यापक क्षति पुग्नुका साथै घरले थिचेर धेरै मानिस घाइते भएको बताउनुभयो । उहाँले तत्काल उद्धार गरिएका सयौं मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही व्यक्ति निकै गम्भीर अवस्थामा रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय मौसम निकायले निकै शक्तिशाली आँधीले अलाबामा करिब एक किलोमिटरको क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो ।

आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्धारकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन गरिएका थिए । उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गर्नुभएको थियो ।