१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी आकाश पूर्णरुपमा खुला



अ+ अ-

इस्लामाबाद । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाब बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो ।

पाकिस्तानले गत बुधबार आदेश जारी गरेसँगै हवाई उडान अबरुद्ध हुँदा युरोप र एसियाबीचको हवाई यात्रामा नराम्रो असर परेको थियो । हजारौं हवाई यात्रु विश्वका विभिन्न विमानस्थलमा अलपत्र परेका थिए ।

विश्व समुदायले आणविक शक्तिराष्ट्र भारत र पाकिस्तान दुबैलाई संयम अपनाउन आग्रह गरेका थिए । पछिल्लो समय दुबै मुलुकले एकअर्काका युद्धक विमान खसालेको दाबी गरेका थिए । यही क्रममा एकजना भारतीय लडाकू विमानका चालकलाई पाकिस्तानले गिरफ्तार गरी भारतलाई बुझाएको थियो ।

“पाकिस्तानका सबै विमानस्थलहरु र पाकिस्तानी आकाश खुला गरिएको छ,” पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले जनाएका छन् ।

पाकिस्तानी आकाश बन्द गरिँदा युरोप र दक्षिण एसियाका धेरै मार्गहरु बन्द भएका थिए । विश्वकै नवौं अग्लो पाकिस्तानको नाँगा पर्वतमा हराइरहेका दुई जना बेलायती र इटालेली पर्वतारोहीको खोजी कार्यमा समेत असर परेको छ ।

पाकिस्तानले शुक्रबारदेखि नै आफ्नो हवाई आकाश खुला गर्न थालेको थियो ।

पाकिस्तानी आकाश खुला हुनुलाई दुई देशबीच जारी तनाब विस्तारै कम हुन थालेको रुपमा पनि हेरिएको छ । पछिल्लो समय दुबै देशबाट एकअर्का मुलुकभित्र हवाई आक्रमण हुन छाडेका छन् ।