१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थायी शिक्षकलाई अवकाश दिन १० अर्ब



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकलाई अवकाश दिन करिब १० अर्ब रुपैयाँ माग गरेको छ। शिक्षक सेवा आयोगको परीक्षामा एकपटक अवसर दिइएका तीन तहका शिक्षकमध्ये अनुत्तीर्ण भएका शिक्षकलाई सुविधासहित विदा दिने व्यवस्था गर्न उक्त रकम माग गरिएको हो।

शिक्षा तथा मानव स्रोत केन्द्रले अवकाश पाउने शिक्षकको संख्यासहित बजेट माग गरेको थियो। तथ्याङ्कअनुसार सबैभन्दा बढी प्राथमिक तहका शिक्षकले सुविधासहित अवकाश पाउने भएका छन्। पाथमिक तहका २० हजार चार सय ७५ शिक्षकले अवकाश पाउन लागेका हुन्।

केन्द्रले सुविधाका लागि र शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका शिक्षकको तथ्यांक संकलन गरेको छ। प्राथमिक तहमा सुविधाका लागि आवेदन दिने शिक्षकको संख्या आठ हजार छ सय ४० रहेको छ।

आयोगको परीक्षामा असफल हुनेको संख्या ११ हजार आठ सय ३५ छ। मावि तहमा सुविधाका लागि आवेदन दिने शिक्षकको संख्या एक हजार दुई सय ५९ र परीक्षामा असफल हुने अस्थायी शिक्षकको संख्या एक हजार नौ सय ६० गरी तीन हजार दुई सय १९ मावि शिक्षकले सुविधासहित विदा पाउने छन्। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।