२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्य लेख्दा भाषामा ध्यान दिन सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

निवेदक मीना नेपालीले ‘नथिया’ र ‘ऐलानी’ उपन्यास तथा ‘पण्डित बाजेको लौरी’ चलचित्रमा भएको संवादले वादी समुदायको आत्मसम्मानमा ठेस पुगेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र लेखक सरस्वती प्रतीक्षालगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गरेकी थिइन् ।

सर्वोच्चले गत बुधबार उपन्यास र चलचित्रका संवादमा लेखिएका शब्द अब अर्को संस्करण निस्केको खण्डमा सुधारसहित ल्याउन सकिने गरी निर्देशनात्मक आदेशसहितको फैसला गरेको हो। सर्वोच्चले फैसलाको पूर्ण पाठ भने जारी गरिसकेको छैन । सर्वोच्चका अनुसार लिखित पूर्ण पाठ जारी हुन केही समय लाग्नेछ ।

सर्वोच्चका अनुसार उपन्यास र चलचित्रका संवाद लेख्दा व्यक्ति, कुनै पनि समुदायलाई चोट पुग्ने अवस्था आउन नदिन निर्देशनात्मक आदेश जारी भएको हो । प्रतीक्षाद्वारा लिखित ‘नथिया’ र विवेक ओझाद्वारा लिखित ‘ऐलानी’ उपन्यासको दोस्रो संस्करण प्रकाशन गर्दा रिट निवेदकले टिप्पणी गरेका शब्द परिवर्तन गर्नुपर्ने हुन्छ । त्यसैगरी थमनकुमार भण्डारीद्वारा निर्मित ‘पण्डित बाजेको लौरी’ मा समेत अर्को संस्करण बनाएमा केही शब्द परिवर्तन गर्नुपर्ने देखिन्छ । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।